aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१४ लाख भन्दा बढीले भरे सिवाईसी नेपालको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
१४ लाख भन्दा बढीले भरे सिवाईसी नेपालको आईपीओ

काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि १४ लाख ३ हजार ८३० जनाको आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार आइतबार कार्यालय अवधिसम्म यी आवेदकहरुबाट एक करोड ५८ लाख ९६ हजार ३७० कित्ताको शेयर खरीद माग भएको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । कुल कित्ता आईपीओमध्य कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । 

यो आइपीओ छिटोमा बैशाख ६ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।  

प्रतिक्रिया दिनुहोस