
काठमाडौं । नायक पल शाहले जबजस्ती गरेको आरोप लगाएकी नाबालिकाले अदालतमा आफ्नो बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिका सत्र वर्षीया गायिका समीक्षा अधिकारीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।
पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको उनले तनहुँ अदालतमा आजको बकसपत्रमा जिकिर गरेकी छन् ।
तर अब यो बलात्कारको मुद्दालाई कसले उचाल्यो भन्ने अनेक कोण कोट्याउँदै महिलाहरुकै दोष हो भनेर हतोत्साही पार्ने काम भइरहेको बहस यसभन्दा पहिला नै चलेको थियो । अर्कोतिर उसले किन ढिलो भनी, कसले उचाल्यो भन्नेजस्ता कुराहरु त गौण रहेका थिए ।
जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस