aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विश्व प्रसिद्ध बडवेएजर र फोस्टर्स बियर नेपालमै उत्पादन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
विश्व प्रसिद्ध बडवेएजर र फोस्टर्स बियर नेपालमै उत्पादन हुने

ललिपुर । एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्ड अब नेपालमा नै बन्ने भएको छ । शुक्रबार राज ब्रुअरी र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र बोतल बनाउने सम्झौता भएको  छ । 

ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।

ख्यातिप्राप्त  ब्राण्डहरु जस्तैः बडवेएजर, बडवेएजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको स्वादको अब नेपालीपनबाट पाउने सम्भावन बढेको छ ।  

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका छन्, ती उत्पादनहरु पर्दछन् ।     

एबि इनबेभ, जसको प्रधान कार्यालय ल्यूभान, बेल्जियममा रहेको छ, विश्वको करिब ५० भन्दा बढी देशहरु र आफ्ना ५०० भन्दा ज्यादा विविध प्रकारका ब्राण्डहरुका साथ यसको उपस्थिति रहेको छ ।  ब्राण्ड फाईनान्सका अनुसार बडवेएजर बियर विश्वको सर्वाधिक मुल्यवान् बियर ब्राण्ड हो र यो लगायत बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहमा ब्राण्ड पनि चर्चित रहेका छन् । यस्तो सूचीमा परेका अन्य ब्राण्डहरुमा स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन हुन् ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले सम्झौताका क्रममा बोल्दै भने, ‘हामी हाम्रा उपभोक्ताहरुलाई विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध छौं । एबि इनबेभसँगको यो सहकार्य हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिन्हलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने ठानेका छौं ।’


जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले भने, ‘हामीले हाम्रा विश्वव्यापी उद्योगी साझेदारहरुद्वारा मान्यता प्रदान गरिएको आयातित उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरेर विश्वको अत्युत्तम बियरहरु उत्पादन गर्ने क्षमताका साथ नेपालमा अत्याधुनिक प्रविधिजन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बियर उत्पादन गर्ने इतिहास रचेका छौं । वार्सटेनर र एबि इनबेभसँगको हाम्रो आबद्धता र ट्रेडमार्क अनुमतिहरुले हाम्रा उपभोक्ताहरुमाझ उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउन हामीले आफ्नैलागि कायम गरेको उच्चतम मानकहरुलाई प्रतिबिम्बित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस