aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्न तीन कम्पनीले दिए बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ बैशाख २०७९
आईपीओ निष्कासन गर्न तीन कम्पनीले दिए बोर्डमा निवेदन

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् । कालिञ्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

कालिञ्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत १५ गते निवेदन दिएको थिछ । त्यस्तै उक्त आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । 

त्यसैगरी हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत २५ गते बोर्डमा निवेदन दिएको हो । त्यसैगरी सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न चैत ३० गते बोर्डमा निवेदन दिएको हो । यी दुबै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

यी दुबै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । आईपीओ निष्कासन अनुमति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस