
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको साधारणसभाले पास गरेपछि मात्र वितरण गर्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस