aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ बैशाख २०७९
उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको हो । 

आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने भएको हो ।कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । कम्पनीको शेयरमा  मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको हात खाली हुनेछ । 

प्रतिक्रिया दिनुहोस