aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले वैशाख ७ गते उक्त कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

बोर्डबाट अनुमतिसँगै उक्त कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस