aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उर्जा उत्पादकहरु बीमा समितिमा धर्ना बस्दै, नन ट्यारिफ बीमा व्यवसायको दर फिर्ता गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
उर्जा उत्पादकहरु बीमा समितिमा धर्ना बस्दै, नन ट्यारिफ बीमा व्यवसायको दर फिर्ता गर्न माग

काठमाडौं । ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ पुनर्बीमा निर्देशिकाको विरोध गर्दै निर्माण व्यवसायी र उर्जा उत्पादकहरु आज बीमा समितिमा धर्ना गर्ने भएका छन् । नेपालमा निर्जीवन बीमाको प्रिमियम कम भएको भन्दै बीमा समितिले गत असोज ६ गते जारी गरेको नयाँ निर्देशिका विरोध गर्दै आज समितिमा उनीहरुले धर्ना दिने भएका हुन् ।   

समितिले ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ पुनर्बीमा निर्देशिकामा बीमाको दररेट र शर्तको संशोधित व्यवस्था सम्बन्धी नयाँ निर्देशिका जारी गरेको थियो । जसको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले विरोध गर्दै आएको छ ।

बीमा समितिले नन ट्यारिफ बीमा व्यवसायको दर फिर्ता नलिएको भन्दै निर्माण व्यवसायी र उर्जा उत्पादकहरुले आज १ बजे बीमा समितिमा धर्ना बस्न तयारी थालेका छन् । उक्त निर्देशिका जारी भएदेखि निर्माण व्यवसायी र उर्जा उत्पादकहरु समितिप्रति रुष्ट बनेका हुन् ।   

बीमामा अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य हुँदै, केही दिनमै तोकिंदैछ नन् ट्यारिफ बीमाको न्यूनतम दररेट

जलविद्युत कम्पनीहरूलाई १६ अर्बभन्दा बढी व्ययभार थपिँदै

प्रतिक्रिया दिनुहोस