aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अक्षय कुमारले माफी माग्दै विज्ञापनको रकम दान दिने घोषणा गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
अक्षय कुमारले माफी माग्दै विज्ञापनको रकम दान दिने घोषणा गरे

एजेन्सी । आफूले खेलेको विज्ञापनको बारेमा माफी माग्दै अक्षय कुमारले उक्त विज्ञापन खेलेबापत पाएको रकम दान दिने घोषणा गरेका छन् । ‘विमल इलायची’ को विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भएपछि अभिनेता अक्षय कुमारले माफी मागेका छन् । यो विज्ञापनमा उनी शाहरुख खान र अजय देवगनसँग देखिएका थिए ।

बुधबार राति ट्वीटरमा पोस्ट गर्दै उनले आफ्ना फ्यानहरूलाई यो विज्ञापनबाट आफूपछि हटेको र यसबाट प्राप्त रकम कुनै राम्रो काममा दान गर्ने बताए । अक्षय कुमारले सम्झौता भएको बेलासम्म ब्रान्डले विज्ञापनको प्रवद्र्धन गरिरहने तर आफू यस विज्ञापनबाट टाढै रहेको बताए ।

उनले आगामी दिनमा कुनै पनि विज्ञापन छनोट गर्दा सावधानी अपनाउने बताए । अक्षय कुमार फिल्म उद्योगका एक यस्ता अभिनेता हुन् जसले आफ्नो फिटनेसको विशेष ख्याल राख्छन् र समय समयमा स्वस्थ जीवन जिउने टिप्स पनि दिन्छन् ।

विमल इलायचीको विज्ञापन बाहिर आएपछि मानिसले यसलाई गुटखा र सुर्तीसँग जोडेका थिए ।  अजय देवगन र शाहरुख खान यसअघि ‘विमल इलायची’को विज्ञापनमा देखिइसकेका छन् । यसपटक ‘मिस्टर खिलाडी’ अक्षय कुमारको एन्ट्री भएको थियो । तर मानिसहरूलाई यो कुरा मन परेन र उनीहरूले सोशल मिडियामा विरोध गर्न थाले, त्यसपछि उनीहरूले माफी मागेका हुन । 


 

प्रतिक्रिया दिनुहोस