aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एक महिनामै दोब्बर भयो तरकारीको मूल्य, कुन तरकारीको मूल्य कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ बैशाख २०७९
एक महिनामै दोब्बर भयो तरकारीको मूल्य, कुन तरकारीको मूल्य कति पुग्यो ?

काठमाडौं । बजारमा तरकारीको मूल्य एक महिनामा नै दोब्बरले बढेको छ । अत्यावश्यक रुपमा भान्सामा प्रयोग हने आलु, काउली, कागती, साग, लसुन, अदुवा, च्याउ जस्ता तरकारीको मूल्यमा दोब्बरले वृद्धि भएको हो । 

कालिमाटी फलफुल तथा तरकारी बजार समितिका अनुसार चैत ८ देखि २५ पर्ने ब्रोकाउली तरकारीको मुल्य अहिले ११५ रुपैयाँसम्म पुगेको छ । चैत ८ गते कालिमाटीमा कागती प्रतिकेजी खुद्रा मुल्य १९० रुपैयाँ थियो । उक्त मुल्य बैशाख ८ गतेसम्म आइपुग्दा प्रतिकेजी ३७५ रुपैयाँ पुगेकोे छ । यसरी हेर्दा एक महिनामै कागतीको मुल्य केजीमै १८५ रुपैयाँले बढेको छ । 

त्यस्तै आलु रातो २५ बाट बढेर २९ रुपैयाँ, काउली स्थानीय १५ मुल्यबाट बढेर ६० रुपैयाँ पुगेको छ । कन्य च्याउको मुल्य १८५ रुपैयाँबाट बढेर २०० रुपैयाँ, डल्ले च्याउको मुल्य ३२५ रुपैयाँबाट ३७५ भएको छ भने हरियो लसुनको ४५ रुपैयाँबाट १५५रुपैयाँ, अदुवा ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, चम्सुरको सागको मुल्य ६५ रुपैयाँ बाट बढेर १२५ रुपैयाँ, जिरीको सागको मुल्य ५५ रुपैयाँबाट कढेर ८५ रुपैयाँ, पालुगों सागको मुल्य ६५ रुपैयाँ बढेर१२५ रुपैयाँ, लाम्चो फर्सीको मुल्य २५ रुपैयाँ बाट बढेर ३५ रुपैयाँ र बकुल्लाको मुल्य ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको समितिको तथ्याङकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस