
काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्सको पुँजीवृद्धि योजना बिहिबार बीमा समितिमा पेश भएको छ । समितिले बैशाख १० गते भित्र पेश गर्न भनेर चैत्र ११ गते सबै बीमा कम्पनीलाई निर्देशन दिएको थियो ।
कम्पनीहरुलाई जोखिमको आधारमा पुँजीगत रुपमा बलियो बनाउन र संचालन खर्च कम गरि प्रतिफलमुखि बनाउनु पर्ने देखिन्छ । स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्ति मार्फत गुणस्तरिय सेवा प्रदान गर्न गराउन लाईफ र नन लाईफ दुबैलाई १०/१० वटाको संख्या भित्र ल्याउन जरुरि छ । यसका लागि मर्जर नै उत्तम बिकल्प हो । फोर्स मर्जरको लागि र नया कम्पनीको लाईसेन्स रोक्न पुँजी वृद्धि नै प्रभावकारी टुल्स वा साधन हो ।
यहि आवश्यकता र बीमा समितिको चाहना बुझेर महालक्ष्मी लाईफ ईन्स्योरेन्सले मर्जरसगैं स्पष्ट कार्य योजना/रोडम्याप सहितको पुजीं वृद्धि योजना बीमा समितिमा बुझाएको हो । कार्य योजनामा समितिमा बिस्तृत छलफल पछि छिटो कार्यान्वयनको लागि ८ गते साझ संचालक समितिको बैठकले बिशेष साधारण सभा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस