
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी शुक्रवार बाँडफाँट भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट भएको हो ।
आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान बाँडफाँट भएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।
गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २२ हजार ११५ जनाले शेयर पाएका छन् भने २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ ।
प्रतिक्रिया दिनुहोस