aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ बैशाख २०७९
आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभाले ७.३७ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न कम्पनीको सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्तापुँजी वृद्धिपछि कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा संशोधन गरेको छ । 

प्रतिक्रिया दिनुहोस