aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विद्युतीय स्कुटरमा आगलागी बढ्न थालेपछि भारतको बजारबाट २,००० युनिट ई–स्कुटर फिर्ता, ८० वर्षीय वृद्धको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० बैशाख २०७९
विद्युतीय स्कुटरमा आगलागी बढ्न थालेपछि भारतको बजारबाट २,००० युनिट ई–स्कुटर फिर्ता, ८० वर्षीय वृद्धको मृत्यु

एजेन्सी । भारतको हैदरावादमा रहेको अर्को ईभी कम्पनीले २,००० युनिट ई–स्कुटर फिर्ता लगेको छ । Pure EV ले भारतको बजारमा e–Trans -ETrance, e-Pluto -EPluto_र  e-Tryst  जस्ता विद्युतीय स्कुटरहरू बिक्री गर्छ ।  एगचभ भ्ख् स्कुटरले पछिल्लो समय भारतको तेलंगाना र तमिलनाडुमा धेरै आगलागीका घटनाहरू घटेका  छन । यही कारण कम्पनीले आफ्ना उत्पादनहरु बजारबाट फिर्ता लगेको हो ।

यसअघि ओकिनावा अटोटेकले आगलागीका कारण आफ्ना ३ हजारभन्दा बढी विद्युतीय स्कुटर फिर्ता बोलाएको थियो । भर्खरै प्योर ईभी स्कुटरको ब्याट्रीमा आगलागी हुँदा एक ८० वर्षीय वृद्धको जलेर मृत्यु भएको थियो । वास्तवमा ईभी घर भित्र चार्ज भइरहेको थियो। यस घटनामा अन्य तीन जना पनि घाइते भएको बताइएको छ । बिहीबार, Pure EV ले हैदराबाद नजिकै निजामाबादमा भएको घटनाप्रति खेद प्रकट गरेको छ । फिर्ता गरिएका एकाइहरूमा e-Trans± र e–Pluto 7G  इलेक्ट्रिक स्कुटरहरू रहेका छन् ।

यसभन्दा केही समय अघि तेलंगानामा अर्को प्योर ईभी इलेक्ट्रिक स्कुटरमा आगलागी भएको थियो । यसै क्रममा वारङ्गल जिल्लाको पार्किङ स्थलमा पार्किङ गरिएको प्योर ईभीको विद्युतीय स्कुटरमा अचानक आगलागी भएको थियो । भाइरल भिडियोमा विद्युतीय स्कुटर जलेको देख्न सकिन्छ । प्योर ईभीको विद्युतीय स्कुटरमा आगलागी भएको यो पाँचौं घटना हो । सेप्टेम्बर २०२१ मा पनि कम्पनीका दुईवटा विद्युतीय स्कुटरमा आगो लागेको थियो ।

अन्य कम्पनीका ई–स्कुटरमा पनि आगो लागेको छ । यस बाहेक हालै जितेन्द्र ईभीका २० वटा विद्युतीय स्कुटरमा आगलागी भएको थियो । ओकिनावा र ओलाका ई–स्कुटरहरूमा आगलागीका घटनाहरू पनि भएका छन्। केही समयअघि ओकिनावाले पनि आफ्ना ३ हजारभन्दा बढी विद्युतीय स्कुटर फिर्ता बोलाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस