
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १८ करोड ३६ लाख ४ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २१ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि वैशाख १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले वैशाख ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुने भएका हुन ।
प्रतिक्रिया दिनुहोस