काठमाडौं । खसीको आयात घटेको वहानामा व्यवसायीहरुले मनोमानी मूल्य असुल्दै आएका छन् । व्यापारीले जिउदो खसीको प्रतिकिलो ५ सय ६० देखि ६ सय ८० रुपैयाँ र खसीको मासु प्रतिकिलो १२ सय देखि १३ सय रुपैयाँमा बिक्रि गर्दै आइरहेका छन् ।
भारत लगायतका मुलुकबाट खसी बोकाको आयात घटेपछि खसीको मासु उभोक्ताको माग अनुसार पुगाउन सकेका छैनौं मुल्य बढाउनु स्वभाकिकै रहेको ढुंगेअड्डाका मासु व्यापारी रोशन गुरुङले बताए ।
उनले भने “सरकारले खसीबोका आयातमामा अझै कडाई गरे दशैंमा मासुको मुल्य वृद्धि हुनेछ ।”
बजारमा मासुको मुल्य अस्वभाविक रुपमा बढ्न थाले पछि अनुगमन कार्य पनि भईरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । बिहिबार मात्र कलंकीस्थित खसी बजारका ६ होलसेल व्यापारीलाई विभागले जरिवाना गराएको गौचनले जानकारी दिए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कलंकीको खसी बजारमा अनुगमन गर्न गएको टोलीले व्यवसायीको गुनासो सरकारले क्वारेन्टाइनमा कडाइ गरेको बताएका छन् । क्वारेन्टाइनमा कडाई गरेपछि खसीबोकाको आयात घटेको तर उपभोक्ताको माग चाही नघटेको बताए ।
व्यवसायीले मुल्यसुचि र खरिद बिक्री बिल, दर्ताविना स्टल सञ्चालन, र पसल दर्ता नगरी, कागजात देखाउन नसक्ने मासु व्यवसाय गरिरहेकालाई ६ वटा पसललाई जनही ५ हजारका दरले जरिवाना गरेको विभागले जानकारी दिएको छ । कलंकी खसी बजारका ९ वटा होलसेल पसलमा अनुगमन गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस