aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कृषि सामग्री कम्पनीलाई व्यापारीले टेरेनन्, साउनयता पाँचवटा सटरले ६२ लाख भाडा तिर्न बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
कृषि सामग्री कम्पनीलाई व्यापारीले टेरेनन्, साउनयता पाँचवटा सटरले ६२ लाख भाडा तिर्न बाँकी

काठमाडौं । कृषि सामग्री कम्पनीका सटर प्रयोग गरी फलफूल व्यावसाय गर्दै आएका व्यवसायीले सटर भाडा तिर्न अटेरी गरेका छन् । कुलेश्वरस्थित फलफूल व्यापारीले गत साउनयता सम्झौता अनुसार भाडा नतिरेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार पाँचवाटा सटर प्रयोग गर्दै आएका व्यवसायीबाट ६२ लाख ३० हजार रुपैयाँ उठ्न नसकेको हो । यसअघि पनि पटक पटक पत्र काट्दा समेत व्यवसायीले अटेरी गरेको कम्पनीको भनाइ छ । सटर नम्बर २, १२, १५, १७ र २२ ले सटर भाडा बुझाएका छैनन् । सटर नम्बर २ र १२ को भाडा साउनयता कम्पनीलाई बझाइएको छैन् । यी दुई सटर उमेश कुमार साहले प्रयोग गरिरहेका छन् । सटर नम्बर २ ले ११ लाख ३९ हजार रुपैयाँ कम्पनीलाई बुझाउन बाँकी छ भने सटर नम्बर १२ ले ११ लाख ९२ हजार बुझाउन बाँकी छ । 

त्यसैगरी सटर नम्बर १५ ले पुसदेखि, १७ ले असोज देखि २२ ले कात्तिक देखि भाडा बुझाएका छैनन् । सटर नम्बर १५ का सञ्चालक रामनन्द साह हुन भने १७ का सुनिल महर्जन र २२ का रुद्ध मायाँ खत्री हुन् । 

सटर नम्बर १५ ले १० लाख ८२ हजार, १७ ले १७ लाख ९५ हजार र २२ ले १० लाख २० हजार भाडा तिर्न बाँकी छ । 

मंगलबारदेखि पाँचदिन भित्र भाडा नबुझाए सम्झौता रद्ध गरिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस