aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

केसीएल डेभलपर्सको प्रथम साधारण सभा जेठ ४ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
केसीएल डेभलपर्सको प्रथम साधारण सभा जेठ ४ मा

काठमाडौं । केसीएल डेभलपर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा जेठ ४ गते गर्ने भएको छ । सभा दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा १ हात्तिसारमा हुने जानकारी दिएको हो । 

सभाले ९० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस