
मुम्बई । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको घरमा फ्रेम गरिएको ३ हजारको चेकको रहस्य खुलेको छ । चर्चित अभिनेता सत्रुघन सिन्हाकी छोरीले किन ३ हजारको चेक आफ्नो बैठकमा सजाइन भन्ने बिषय बलिउडमा चर्चामा थियो ।
भारतीय चर्चित टेलिभिजन सो 'दि कपिल शर्मा सो' मार्फत उनले चेकको बारेमा बोलेकी हुन् । शर्माले चेक भित्तामा झुण्डाउनुको कारणबारे प्रश्न सोधेपछि सोनाक्षिले जवाफ दिएकी हुन् ।
अभिनेत्री सिन्हाका अहिले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म 'खानदानी शफाखाना'को प्रमोसनमा व्यस्त छिन् । यसैले हाल उनको व्यक्तिगत जीवन र फिल्मी जीवन दुवै चर्चामा छ ।
सोनाक्षिले बताए अनुसार त्यो तीन हजार रुपया उनको जीवनको पहिलो कमाई थियो । त्यसैले उनकी आमा पुनम सिन्हाले त्यो चेकलाई फ्रेममा हालेर राखेकी हुन् । त्यसबेला उनि लेक्मी फेसन विकमा काम गर्थिन । त्यहाँ उनको काम त्यहाँ आएका मानिसहरुलाई उनीहरुको सिट कहाँ छ भनेर बताउने काम थियो । त्यो काम ५ दिन गरेपछी उनले ३ हजार रुपयाको चेक पाएकी थिइन् ।
सबैभन्दा रोचक कुरा त् यो हो कि उनले सलमान खानलाई त्यहीं भेटेकी थिइन् । सलमानले यदि सोनाक्षिले आफ्नो वजन घटाइन भने फिल्ममा खेलाउने कुरा त्यहीबेला भनेका थिए।
सोनाक्षिले यसो भनिरहँदा संगै आएका डेब्यु नायक बादशाहले सोनाक्षिको पहिलो कमाई ३ हजार होइन कि पहिलो फिल्म थियो भन्दै मजाक गरेका थिए। सोनाक्षीको यो फिल्म अगस्त १५ तारिकमा रिलीज हुँदैछ । फिल्ममा उनलाई अक्षय कुमार विद्या बालन, तापसी पन्नू लगायतका कलाकारले साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस