aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा, तुलाधरले पाए एक लाख रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा, तुलाधरले पाए एक लाख रुपैयाँ

काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद पुरस्कार पाउने तीन भाग्याशाली विजेता घोषणा गरेको हो । 

जसअनुसार बम्पर उपहारमा सबैभन्दा धेरै रकम सुभेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ पाएका छन् । उनले धोबिघाट शोरुमबाट मोटरहेडको एमएज १५० मोटरसाइकल खरिद गरेका थिए ।

त्यस्तै बालाजु शोरुमबाट टेक्कन २५० खरिदकर्ता दयाबुद्ध मगरले ५० हजार रुपैयाँ र टेकु शोरुमबाट स्क्रयाम्ब्लर २५० खरिदकर्ता सुशान्त पौडेलले नगद २५ हजार रुपैयाँ जितेका कम्पनीले जनाएको छ । कार्यक्रममा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका डाइरेक्टर तथा अन्य स्टाफहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस