aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

९ महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २८ अर्बभन्दा बढी, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ बैशाख २०७९
९ महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २८ अर्बभन्दा बढी, कुन कम्पनीको कति ?

काडमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्बभन्दा बढी कुुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरूले चालू आवको चैत मसान्तसम्म २८ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्। 

यस अवधि सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा आर्जन गरेको छ । 

१ अर्बभन्दा कम कुल बीमा शुल्क आर्जन चारवटा कम्पनीले गरेको छन् । उक्त अवधिमा एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले १ अर्बभन्दा कम कुल बीमा शुल्क आर्जन गरेका हुन् । चालू आवको ९ महिनाको अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९२ करोड ७४ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका समितिको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस