
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले संस्थापक तर्फको यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गरेको हो । १० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटेसँगै अब कम्पनीमा संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको २०७८ साल साउन ३१ गते सम्पन्न १२ औं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस