
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने बिहीबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शेयरधनीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि २०७८ चैत १४ गते बुक क्लोज गरेको थियो । यस आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर बाँडफाँट पश्चात् उक्त पूँजी रू. ३ अर्ब ८४ करोड पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस