aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन हाइड्रोको नाफा करिब ३ गुणाले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ बैशाख २०७९
युनियन हाइड्रोको नाफा करिब ३ गुणाले बृद्धि

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको नाफा यस वर्ष करिब ३ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष रू. २ करोड ५५ लाखभन्दा बढी खुद नाफा भएको हो । यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ८९ लाख ६७ हजार रहेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी १९ दशमलव ४२ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ५ करोड ५३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ६० लाखभन्दा बढी कुल आम्दानी गरेको हो ।

कुल आम्दानी बृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा २६ प्रतिशत बढी रू. ५ करोड २८ लाख भएको छ । हाल रू. ७५ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने रू. ५ करोड ४ लाखभन्दा बढी ऋणात्मक देखिएको छ । गत वर्षको भन्दा यस वर्ष जगेडा कोषको ऋणात्मक अवस्थामा ३२ प्रतिशत सुधार देखिएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७ करोड ४२ लाखभन्दा बढी ऋणात्मक रहेको थियो । कम्पनीको कर्जा रकम गत वर्षभन्दा २६ दशमलव २५ प्रतिशत कम रू. ९ करोड ५८ लाख रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ५५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव २७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस