aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चैतमा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन साढे ३ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ बैशाख २०७९
चैतमा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन साढे ३ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म २० निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार फागुनको तुलनामा उक्त बीमा शुल्क आर्जन चैतमा कम हो । निर्जीवन बीमा कम्पनीहरूले फागुनमा ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । 

चैतमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा बढी बीमा शुल्क आर्जन गर्नेमा नेको इन्सुरेन्स रहेको छ । यो कम्पनीले २४ करोड ७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै सबैभन्दा कम कुल बीमा शुल्क आर्जन सानिमा जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ८ करोड ३५ लाख रूपैयाँ आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले कम बीमा शुल्क आर्जन गर्ने दोस्रोमा नेशनल इन्स्योरेन्स ९ करोड ९४ लाख रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस