aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक वर्षमै ४१.४८ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ बैशाख २०७९
एक वर्षमै ४१.४८ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख

काठमाडौं ।  एक वर्षको अवधिमा कुल जीवन बीमालेख ४१.४८ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार गत वर्षको चैत्र मसान्तदेखि यस वर्षको चैत्र मसान्तसम्म बीमालेख संख्या ३४ लाख ५७ हजार १६४ ले बढेको हो । गत वर्ष चैत मसान्तसम्म कुल बीमालेख संख्या ८३ लाख ३४ हजार ५३४ रहेकोमा यस वर्षको सोही अवधिमा ४१.४८ प्रतिशतले बढेर ३४ लाख ५७ हजार १६४ पुगेको छ ।  

समितिका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको चैतमसान्तसम्म २२ लाख ४४ हजार ६१६ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ३.०८ प्रतिशतले घटेर २१ लाख ७५ हजार ४१४ पुगेको छ ।  

म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ४२.७८ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ४७ लाख ६० हजार ३०९ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६१ लाख ७८ हजार ५६२ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७६ लाख ६१ हजार ३५० रहेको थियो । 

त्यस्तै, वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २६.६९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म ६ लाख ७३ हजार १८४ बीमालेख रहेकोमा यस वर्ष बढेर ८ लाख ५२ हजार ८२७ पुगेको छ ।  

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि ९.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ९३ अर्ब ८६ करोड बीमा शुल्क संकलन भएको यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब २ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कुल निर्जीवन बीमा शुल्क संकलनमा पनि २४.६८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म २३ अर्ब २ करोड बीमा शुल्क संकलन भएको यस वर्ष २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ४५ लाख २२ हजार २९४ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड ३ लाख ९१ हजार ९२७ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७२ लाख ७८ हजार २८३ रहेको थियो ।  

यसैगरी, म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १५.०२ प्रतिशत रहेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ३७.३४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २६.७८ प्रतिशत जनसंख्या रहेको थियो ।

साथै, म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ३४.५१ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख जनसंख्या २४.५२ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । 

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १४.२० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९२२ रहेकोमा यस वर्ष ३ हजार ३३७ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्यामा पनि १२.०४ प्रतिशतले वृद्धि भएर ११ हजार ८४६ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ५७३ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस