aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ: उर्जामन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ बैशाख २०७९
भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ: उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकि छिन । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल भएको हो ।

 सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन । उनले भनिन्, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन । उनले भनिन्, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”

प्रतिक्रिया दिनुहोस