aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरीमा बुधवार सम्पन्न भएको हो । 

सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ र  त्यसैगरी सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको हो । 

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १२ गते बन्द गरेको थियो  । यस आधारमा वैशाख ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस