_20220504174600.jpg)
काठमाडौं । नेपालको प्रतिष्ठीत व्यापारिक घराना एमभि दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्त्तीशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाडौंमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको छ ।
उक्त समारोहमा एमभि दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्सका १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीयाका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो¬न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थीति रहेको थियो ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रममा एमभि दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा ऐतिहासिक र खुशीको भएको बताए । उनले शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस