
काठमाडौं । मोरङ्ग सुगर मिल्स लिमिटेडले जेठ १२ गते ५३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १९ गतेको सञ्चालन समितिको बैठकले होटल रत्ना विराटनगरमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मका वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि टुङ्गो लगाउँनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस