aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घलेम्दी हाइड्रोको विद्युत विक्री आम्दानी ८० प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
घलेम्दी हाइड्रोको विद्युत विक्री आम्दानी ८० प्रतिशत बढ्यो

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री बापत हुने आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८० दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । गत आवमा विद्युत विक्री बापत रू. १ करोड ७१ लाख आम्दानी भएकोमा चालू आवमा बढेर रू. ३ करोड १० लाख पुगेको हो । 

विद्युत विक्री आम्दानीमा वृद्धि भएपनि कम्पनीले नोक्सानीमा रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ६ लाख नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिमा पनि कम्पनीले रू. २ करोड ४५ लाख नोक्सानीमा थियो । यसरी हेर्दा गत आवको तुलनामा चालू आवमा कम्पनीको नोक्सानी घटेको छ ।  

कम्पनीद्धारा निर्माण गरिएको घलेम्दी खोला ज.बि.आ ५ मेगावट मा हाल बाधस्थल तर्फ मर्मत सम्भारका निर्माण कार्यहरुको भएको र इलेक्ट्रिक मेकानिकल मेसिनरीहरुको मर्मत कार्य यहि समयमा भएको हुँदा तेस्रो त्रैमासिक अवधिमा खर्च बढ्न गएको छ । उपरोक्त खर्च इन्स्योरेन्स कम्पनीमा क्लेम गरिएको र यस अवधिसम्म सर्भयरको प्रतिवेदन नआएको हुँदा उक्त रकम आयमा गणना नगरिएको हुनाले तेस्रो त्रैमासिक अवधिमा घाटा देखिएको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।   

कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा रू. ९१ लाख ३३ हजार ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९४ ऋणात्मक, तरलता अनुपात १ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.९८ दशमलव ३४ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस