
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स (HGI) र एभरेष्ट इन्स्योरेन्स (EIC) एक अर्कामा मर्जमा जाने भएका छन । विहीबार भएको दुई बीमा कम्पनीबीचको सम्झौतामा संस्थाका अध्यक्षले मर्जर गर्ने विषयमा सम्झौता गरेका हुन् ।
बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना पेश गर्ने सयम बीमा समितिले तोकेपछि निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् । अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।
दुई कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन ड्यू डेलिजेन्ट अडिट)डीडीए) गरेपछि शेयर अनुपात तय हुने कम्पनीले जनाएको छ। मर्जरपछि कायम हुने चुक्ता पुँजीमा आ.व २०७८र७९ को बोनस सेयर वितरण पछि नियामकले तोकेको पूँजी पुर्याउन कम्पनी सफल हुनेछ।
प्रतिक्रिया दिनुहोस