
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. १ अर्ब १४ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष ४४ दशमलव २५ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७९ करोड ४९ लाखभन्दा बढी मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष रू. २ करोड ९२ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३५० दशमलव ८७ प्रतिशत बढी रू. १३ करोड १७ लाख कुल दाबी भुक्तानी गरेको छ ।
यस वर्ष कम्पनीको खुद नाफा ८ दशमलव ४१ प्रतिशत बढेको छ । गत वर्ष रू. ६ करोड ६८ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७ करोड २४ लाखभन्दा बढी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष १२ दशमलव २५ प्रतिशत बढी रू. १० करोड २१ लाख आम्दानी गरेको छ भने करिब २३ प्रतिशत बढी रू. २ करोड ९६ लाख खर्च गरेको छ ।
कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा करिब ३७ प्रतिशत बढी रू. २२ करोड कायम भएको छ । कम्पनीको जीवन बीमा कोष रकम गत वर्षभन्दा ४८ दशमलव ३५ प्रतिशत बढी रू. १ अर्ब ९८ करोड १९ लाखभन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस