
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनी लिमिटेड रू. ५ लाख १२ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ४ करोड ३८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष नोक्सानीमा कमि आएको हो ।
कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा बढी भएकाले यस वर्ष खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष रू. ५ करोड २५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० करोड ६३ लाखभन्दा बढी यो आम्दानी गरेको हो । कम्पनीको वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष रू. ५ करोड ५८ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १२ लाखभन्दा बढी खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ । जगेडा कोष रकम भने यस अवधिसम्म रू. ९ करोड ७७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन कर्जा तथा सापटी रू. ९९ करोड ३३ लाखभन्दा बढी छ । यस वर्ष कर्जा सापटी कम भएको हो । गत वर्ष यस अवधिसम्म कर्जा सापटी रकम रू. १ अर्ब ६ करोडभन्दा बढी थियो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस