aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफको ७० प्रतिशत हकप्रदका बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
सूर्या लाइफको ७० प्रतिशत हकप्रदका बुक क्लोज हुँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ७० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो ।

कम्पनीले साउन ५ गते १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार कित्ता हकपद विक्री गर्नका लागि निवेदन दिएको हो । बीमा समितीले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब पुर्याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको थियो । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।


हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ । कम्पनीले असार १० गते १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरि सकेको छ । बोनस पश्चात रू. १ अर्ब २६ करोड ७७ लाख २८ हजार चुक्ता पूँजी पुगेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद विक्री गर्न अनुमति मागेको हो ।
 

प्रतिक्रिया दिनुहोस