
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०६९÷७० सम्ममा घोषणा गरेको नगद लाभांश लिन ताकेता गरेको छ । कम्पनीले भदौ ३ गतेसम्मका लाभांश बुझ्न ताकेता गरेको हो ।
बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीको हकमा कम्पनीले उक्त लाभांश साउन १६ गते खातामै जम्मा गरिदिएको छ भने बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले नगद लाभांश कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस