काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासमा खुद मुनाफा ९१ लाख रुपैयाँ कमाएको छ । जबकि अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५२४ दशमलव ४० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १४ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४० करोड ५२ लाख रुपैयाँ नेगेटिभ रहेको छ । कम्पनीको बिक्रि ५ करोड ३९ लाख रुपैयाँ रहेको छ । जसको लगानी ३ करोड ७४ लाख रुपैयाँ गरेको छ ।
नेशनल हाइड्रो पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ८६ गुणा र प्रतिशेयर नेटवर्थ ७० दशमलव ७६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस