aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको सबैभन्दा ठूलो आइपीओमा २.९५ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ बैशाख २०७९
भारतको सबैभन्दा ठूलो आइपीओमा २.९५ गुणा बढी आवेदन

एजेन्सी । लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी) को आइपीओमा २.९५ प्रतिशत आवेदन परेको छ । कम्पनीको आइपीओमा आवेदन दिने आजसम्म २.९५ गुणा बढि आवेदन परेको हो । 

आरक्षित ६.१० गुणा, कर्मचारी ४.३९ गुणा र साधारण तर्फका  लगानीकर्ताहरूको शेयर १.९९ गुणा आवेदन परेको छ । क्यूआईबीको छुट्याइएको कोटाले २.८३ गुणा बोलपत्र प्राप्त गरेको छ भने एनआईआईको शेयर २.९१ पटक खरिद भएको छ । शेयर जेठ १७ गते स्टक एक्सचेन्जमा सुचिकृत हुनेछ । अधिकांश बजार विश्लेषकले आइपीओमा लगानी गर्न सुझाव दिएका छन् । 

आईपीओको ग्रे मार्केट प्रिमियम ५२.९ प्रतिशतले घटेर रु ४० मा आएको छ । यसअघि ८५ रुपैयाँ थियो । यो गिरावटको कारण बजार विरुद्धको मनोवृत्ति भएको मानिन्छ । वास्तवमा अमेरिकी फेडले ब्याजदर बढाएकोले विश्व बजार दबाबमा परेको छ । मुद्रास्फीति सारा विश्वका लागि समस्या बनेको छ ।

भारत सरकार एलआइसीको आफ्नो ३.५% शेयर बेचेर लगभग २१,०० करोड रुपैयाँ भारु उठाउन चाहन्छ । आईपीओको प्राइस ब्यान्ड रु ९०२–९४९ रहेको छ । 

एलआईसीको इश्यू साइज २१ हजार करोड छ । यो भारतको अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हो। तसर्थ, एलआइसीको लागी आवेदन गर्ने अधिकांश व्यक्तिहरु को लागी शेयर प्राप्त गर्ने संभावना धेरै उच्च छ । अर्थात् आईपीओ भर्ने सबैले शेयर पाउनेछन् भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस