aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सुपर मादी हाइड्रोपावरले १९.५ कि.मि. लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
सुपर मादी हाइड्रोपावरले १९.५ कि.मि. लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत प्रसारण लाइन निर्माणग गर्ने भएको छ । गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनसम्म ४४ मेगावाट क्षमताको १३२ के.भी. सिंगल सर्किट, करिब १९.५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कम्पनीले १३२ के.भी. सिंगल सर्किट भएको १९.५ किलोटिर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न विद्युत् नियमन विभागमा स्वीकृतिका लागि निवेदन दिएको छ । आयोजना निर्माणका लागि विभागमा कम्पनीले निवेदन दिएकोले यो आयोजना निर्माण गरी सञ्चालन गर्दा स्थानीयलाई असर पर्ने भए वैशाख २७ गतेदेखि ३५ दिनभित्र विभागमा लिखित राय दिन अनुरोध गरिएको छ । 

यस प्रसारण लाइनको भोल्टेज १ लाख ३२ हजार भोल्टेज, सिंगल सर्किट रहने छ । 

प्रसारण लाइन गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी जलविद्युत आयोजनाको स्विचयार्डदेखि शुरु हुने छ । त्यस्तै माथिल्लो मादी जलविद्युत आयोेजनाले स्विचयार्डसम्म करिब ७ किलोमिटर १३२ के .भी. सिंगल सर्किट र त्यहाँबाट माथिल्लो मादी अजविद्युत् आयोजनाले निर्माण गरेको डबल सर्किट टावरमा खाली रहेको एउटा सर्किट निर्माण गरी उक्त सर्किटमार्फत सोही जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सब स्टसनसम्म करिब १२.५ कि.मि. गरी जम्मा १९.५ कि.मि. लम्बाइ रहने गरी निर्माण गरिने बताइएको छ । 

प्रसारण लाइनको लम्बाइ करिब १९.५ किलोमिटर हुने बताइएको छ । त्यसैगरी जमिनको सतहबाट टावरको ओसत उचाइ २४–२५ मिटर तथा टावरहरू बीचको दूरी न्यूनतम २१३.८२ मिटर देखि अधिकतम ७५३.८२ मिटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस