काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले जेठ २७ गते २७औं वार्षिक साधराण सभा आव्हान गरेको छ । कम्पनीको वैशाख २६ गतेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वेट, बानेश्वर, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाका लागि लाभांश प्रस्ताव भने गरिएको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस