aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगद्वारा पूर्व स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
दुई हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगद्वारा पूर्व स्वीकृति

काठमाडौं । दुई जलविद्युत कम्पनीहरुलाई विद्युत नियमन आयोगले पूर्व स्वीकृति प्रदान गरेको छ । आयोगले बरुण हाइड्रोपावरलाई शतप्रतिशत र ङादी ग्रुप पावरलाई १५० प्रतिशत हकप्रद निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

यस वर्षको २० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको ङादी ग्रुपलाई आयोगले १५० प्रतिशत मात्र हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको हो । कम्पनीलाई १ बराबर १ दशमलव ५ को अनुपातमा रू. १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासनको लागि आयोगले स्वीकृति दिएको हो ।    

त्यस्तै बरुण हाइड्रोपावरलाई आयोगले हाल कायम चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । आयोगको पूर्व स्वीकृति पाएसँगै यी कम्पनीहरुलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने बाटो खुला भएको छ । 

जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । यी दुबै कम्पनीलाई वैशाख १९ गते आयोगले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस