aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेको इन्स्योरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
नेको इन्स्योरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का  नियुक्त

काठमाडौं। चार बर्षदेखि डेपुटी प्रमुख कार्यकारी रहेको अशोक खड्कालाई नेको इन्स्योरेन्सले ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिएको छ। कम्पनीले खड्कालाई बुधबारदेखि लागु हुनेगरी प्रमुख कार्यकारी नियुक्त गरेको हो।

१९९४ बाट बैंकिङ करियर सुरु गरेका खड्का माछापुच्छ्रे बैंक छाडेर नेको इन्स्योरेन्सको व्यवस्थापन परामर्शदातामा नियुक्त भएका थिए। त्यसको केही समयमै उनी डेपुटी सिइओ नियुक्त भएका थिए। 
 
खड्काले सन् १९९४ को जुन महिनामा तत्कालिन इन्डोसेज बैंक (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक) बाट करियर सुरु गरेका हुन्। उनी त्यसपछि विभिन्न संस्थामा शाखा प्रबन्धक हुँदै प्राइम कमर्सियल बैंकमा सहायक व्यवस्थापक भएका थिए। 

प्राइम छाडेर तत्कालिन स्टेन्डर्ड फाइनान्स (मर्ज भएर माछापुच्छ्रे बैंकमा विलिन भएको) मा नायव महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।
 
मर्जसँगै उनी माछापुच्छ्रे बैंकको मूख्य व्यवस्थापकमा नियुक्त भएका थिए। स्टेन्डर्ड फाइनान्स र माछापुच्छ्रे बैंक मर्ज गराउन खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए। गैरआवसीय नेपाली उपेन्द्र महतो समूहको मूख्य लगानी रहेको माछापुच्छ्रे बैंकबाट उनी महतो समहूकै लगानी रहेको नेको इन्स्योरेन्स छिरेका थिए। नेकोमा महतो समूहको करिव ३८ प्रतिशत सेयर लगानी छ। 

त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका खड्का जोखिम व्यवस्थापनको क्षेत्रमा अनुभवी मानिन्छन्। 

प्रतिक्रिया दिनुहोस