
काठमाडौं । राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व आयोगको पूर्व स्वीकृति दिनुपर्ने व्यवस्था अनुसार राधीले स्वीकृति प्राप्त गरेको हो ।
राधीले यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयरपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम भएको छ । सोही पूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो ।
यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस