aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रसुवागढी र साञ्जेनको शेयर सूचीकृत, रेन्ज कति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
रसुवागढी र साञ्जेनको शेयर सूचीकृत, रेन्ज कति पायो


काठमाडौं । साउन २१ गतेदेखि कारोबार गर्न सकिने गरी रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले सोमबार नेप्सेसँग शेयर सूचीकरण सम्झौता गरेका छन् ।  रसुवागढी र साञ्जेन शेयर कारोबार हुने भएको छ । साञ्जेन जलविद्युतको ३ करोड २८ लाख ५० हजार कित्ता र रसुवागढी हाइड्रोपावरको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणका लागि सम्झौता भएको हो ।

 मङ्गलबारदेखि सर्वसाधारणले कारोबार गर्न सक्ने गरी नेप्सेले रसुवागढीको लागि ९७ दशमलव २९रुपैयाँदेखि २९१ दशमलव ८७ रुपैयाँसम्मको मूल्य रेञ्ज तोेकेको छ । त्यस्तै साञ्जेनको लागि ९६ दशमलव ३२ रुपैयाँदेखि  २८८ दशमलव ९६ रुपैयाँ मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो । 

शेयर सूचीकरणका लागि दुबै कम्पनीले साउन १५ गते नेप्सेमा निवेदन दिएका थिए । नेप्सेमा रसुवागढीको लागि नेप्सेले आरएचपिएल (RHPL) र साञ्जेनका लागि एसजेसीएल (SJCL) चिन्ह प्रदान गरेको छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनामा समेटिएका यी दुवै कम्पनीले स्थानीयलाई भन्दा अघि कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडेका थिए । अन्य जलविद्युत् कम्पनीले कर्मचारी र स्थानीयलाई शेयर बाँडफाँट गरेपछि मात्र सर्वसाधारणलाई जारी गर्ने र सूचीकरण एकैपटक हुँदै आएको थियो । कर्मचारी र स्थानीयले भने सूचीकरण भए पनि लकइन अवधि ३ वर्ष पूरा भएपछि मात्र कारोबार गर्न पाउने व्यवस्था छ । 

स्थानीयको शेयर लकइन अवधि कहिलेदेखिको हुने भन्नेमा स्पष्ट नहुँदा दुबै कम्पनीको शेयर सूचीकरणमा ढिलाई भएको थियो । कर्मचारीहरुको शेयरको हकमा सर्वसाधारणलाई शेयर बाँडफाँट भएको मितिदेखि र स्थानियको हकमा स्थानियलाईनै शेयर बाँडफाँट गरेको मितिदेखि तीन वर्षको अवधि लकइन रहने व्यवस्था गरिएको रसुवागढी कम्पनीका सचिव नरनाथ न्यौपानेले जानकारी दिए । दुई चरणमा कर्मचारीहरुका लागि आईपीओ जारी गरेका दुबै कम्पनीहरुले २०७४ चैत १८ गते कर्मचारीहरुलाई शेयर बाँडफाँट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस