
काठमाडौं । श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख २२ गते निवेदन दिएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले हालसम्ममा १० वटा जिल्लामा ३३ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस