
काठमाण्डौं । टाटा मोटर्सको शोरुम थापाथलीमा ४ दिनसम्म चलेको कार्भिनलमा १०३ वटा गाडि बुकिङ भएका छन् । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष अझ बढि परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सम्पन्न भएको थियो ।
यस अघि पनि सिप्रदी ट्रेडिङ्गले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठँौ संसकरण भएको कम्पनीले जनाएको छ । यो कार्यक्रमले सुस्ता इरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लास सहित कार्यक्रम सम्पन्न भएको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । उक्त कार्यक्रम मार्फत १००० भन्दा बढि ग्राहकहरको आगमन भएकोे उनले जानकारी दिएका छन ।
आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी र्टेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस