aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ बैशाख २०७९
प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने

काठमाडौं । तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो । 

प्राइम लाइफ इन्स्यारेन्सका सञ्चालक समितिका एक सदस्यले प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने सहमति भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘बुधबार बसेको सञ्चालक समितिको बैठकले प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जाने निर्णय गरेको छ । मर्जर सहमतिको सम्झौता पनि चाँडै हुनसक्छ ।’ 

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । तोकिएको चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीहरुबीच मर्ज गर्न सकिने समेत भनिएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस