
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ७१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करिब ५ प्रतिशत कम भएकाले पनि खुद नाफामा कमि आएको हो । गत वर्ष रू. ११ करोड ४७ लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. १० करोड ९३ लाखभन्दा बढी मात्र विद्युत विक्री गरेको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट नाफा गत वर्षभन्दा १७ दशमलव २१ प्रतिशत कम रू. ६ करोड ६५ लाख भएको छ ।
यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ५२ दशमलव १२ प्रतिशत घटेर रू. ११ करोड ७५ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाईसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति पाएको हो । यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव १९ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अुनपात ५५ दशमलव ८१ गुणा छ ।
प्रतिक्रिया दिनुहोस