
गणपतिको माइक्रोफाइनान्सको आईपीओ भने आज बैशाख १२ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गरेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिन्छ ।
यो आईपीओ छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म बन्द हुनेछ ।
७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्ता पुँजी १० करोड ३५ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आर्थिक मसान्तसम्म ७७ दशमलव ७३ रहेको छ ।
कुल ३ लाख ३५ हजार कित्ता आईपीओमध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहकि लगानी कोषलाई छुट्टाइएको छ ।
प्रतिक्रिया दिनुहोस