aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गहुँ आयातमा रोक लगाउँदा नेपाली किसान मारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
गहुँ आयातमा रोक लगाउँदा नेपाली किसान मारमा

काठमाडौं । भारतले गहुँ निर्यातमा रोक लगाएको छ । भारत सरकारले देशको बढ्दो खाद्य सुरक्षा र मंहगीलाई ध्यानमा राखेर गहुँ निर्यातमा रोक लगाएको छ । रुस र युक्रेनको युद्धका कारण पनि गहुँको मुल्य बढेपछि भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको हो । 

भारतले यसरी गहुँ निर्यातमा रोक लगाउँदा नेपाली किसान मर्कामा पर्ने देखिन्छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङक हेर्ने हो भने भारतबाट ५ अर्ब ९७ करोड ७० लाख ८८ हजार रुपैयाँ बराबरको १८ करोड ९ लाख ३७ हजार ९५४ केजी गहुँ आयात भएको छ । 

यस अवधिमा भारतबाट ७ करोड ४१ लाख १० हजार रुपैयाँ बराबरको २१ लाख ३६ हजार ६९५ केजी गहुँको बीउ आयात भएको छ । खाद्यान्न लगायतका अन्य वस्तुहरुमा समेत भारतको निर्भरमा रहेका नेपाली किसानहरु भारत सरकारले यसरी गहुँ निर्यातमा रोक लगाएपछि नेपाली किसानहरु मारमा पर्ने भएका हुन् । भारत सरकारले गहुँ निर्यातमा रोक लगाएपछि नेपाली किसानहरुले गहुँको बीउ समेत नपाउने अवस्था आउने देखिन्छ । जसले गर्दा किसानहरु मारमा पर्ने भएका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस